Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्युु

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्युु

  • बिहिवार, आश्विन २९ २०७७

  • 781
    SHARES

  • नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्युु

    काठमाडौ । नेपालमा कोरोना संक्रमित थप ९जनाको मृत्युु भएको छ । संक्रमणका कारण विराटनगरमा थप तीन जनाको मृत्यु भएको छ।विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा एक महिला र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई पुरुषको मृत्यु भएको हो।

    विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई जना संक्रमित पुरुषको पनि आज मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुष छन् । यसैगरी , विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया महिलाको हिजो साँझ मृत्यु भएको छ । मुटु सम्बन्धी समस्या भएर उपचारका लागि गत मंगलबार उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

    यता, सुनसरीमा होम आइसोलेसनमा रहेका धरान–१५ देवकोटा चोकका एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताका अनुसार ६१ वर्षीय ती व्यक्तिको तीन वर्षअघि मुटुको अपरेसन गरिएको थियो । गएराति गाह्रो भएपछि बीपी प्रतिष्ठानको कोभिड अस्पताल लैजान खोज्दा त्यहाँ आईसीयू बेड अभाव भएको र घरमै अक्सिजन लगाई उपचार भईरहेका वेला उनको उनको मृत्यु भएको हो।

    यसैगरी ,तेह्रथुमका ४९ वर्षीय एक संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी कक्षमा गयराति मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनलाई जिल्ला अस्पताल धनकुटाले असोज २६ गते रिफर गरेको थियो । योसँगै प्रतिष्ठानमा ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसैबिच, ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

    ललितपुर इमाडोलका ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिनुुभयो । उनलाई यही असोज २० गते भर्ना गरिएको थियो । उपचारको क्रममा २१ गते पोजेटिभ रिपोर्ट आएको थियो । उता, बागलुङमा एक जना पुरुषको संक्रमणका कारण मृत्यु भएको छ । बागलुङ नगरपालिका–२ का ७७ वर्षीय पुरुषको चरक मेमोरियल अस्पताल पोखरामा निधन भएको हो।

    उच्च रक्तचाप र मुटुको समस्या रहेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गत आइतवार थप उपचारको लागि पोखरा लगिएको थियो । गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४६ पुगेको छ । यता कोरोना संक्रमण पुष्टि भएका बनेपाका २ जनाको मृत्यु भएको छ । एक महिनादेखि धुलिखेल अस्पतालमा भेन्टिलेटरमा उपचाररत बनेपा–१३ का ५० वर्षीय पुरुषको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो।

    त्यस्तै मिर्गौलासम्बन्धी समस्या भएका बनेपाका ७७ वर्षीय पुरुषको पनि गएराति नै मृत्यु भएको छ । पीसीआर परीक्षणमा उनलाई कोरोना पुष्टि भएको वरिष्ठ स्वास्थ्य प्रशासक डा. झाले जानकारी दिनुभएको छ।


    बिहिवार, आश्विन २९ २०७७११:३२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij