Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा हरियाली, नेप्से ३६.८६ अंकले बढ्यो

सेयर बजारमा हरियाली, नेप्से ३६.८६ अंकले बढ्यो

  • मंगलवार, मंसिर २६ २०८०

  • 576
    SHARES

  • सेयर बजारमा हरियाली, नेप्से ३६.८६ अंकले बढ्यो

    काठमाडौं। सेयरबजार परिसूचक नेप्से आज ३६.८६ अंकले बढेको छ। आज परिसूचक १९८५.४४ बिन्दुमा पुगेको छ। कारोबार रकम पनि झण्डै ४ अर्ब रुपैयाँ पुगेको छ।

    आज २१४ कम्पनीको शेयरमूल्य बढ्दा २४ कम्पनीका लगानीकर्ताले गुमाए। चार कम्पनीको शेयरमूल्य भने स्थिर रह्यो। ४ कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ। बोटलर्स नेपालको शेयरमूल्य २६९.८०रुपैयाँले बढेर २९६८.४०रुपैयाँ पुगेको छ।

    धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया र सोनापुर मिनरल एण्ड आयल कम्पनीको मूल्य पनि १० प्रतिशत बढेको छ। सनराइज ब्लुचिप फण्ड ५९, सीवाइसी लघुवित्त १३ र छिमेक लघुवित्तका शेयरधनीले ३६ रुपैयाँ प्रतिकित्ता गुमाएका छन्।

    सबैभन्दा बढी शिवम् सिमेन्टको १८ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार हुँदा सोनापुर मिनरलको सबैभन्दा धेरै ४ लाख २९ हजार ८२७ कित्ता शेयर किनबेच भयो।


    मंगलवार, मंसिर २६ २०८००४:५४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij