Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

अभियान्ता ईः ले ललितपुरमा उभिएर विरोध प्रदर्शन गर्ने

अभियान्ता ईः ले ललितपुरमा उभिएर विरोध प्रदर्शन गर्ने

  • सोमवार, मंसिर २५ २०८०

  • 647
    SHARES

  • अभियान्ता ईः ले ललितपुरमा उभिएर विरोध प्रदर्शन गर्ने

    काठमाडौं। काठमाडौं महानगरपालिकाविरुद्ध उभिएर विरोध प्रदर्शन गरेका अभियन्ता ईःले अब ललितपुर महानगरविरुद्ध पनि विरोध प्रदर्शन गर्नुहुने भएको छ। ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेलसम्मको फुटपाथमा व्यापार गर्न निषेध गरेपछि अभियान्ता ईः ले यस्तो तयारी गर्नुभएको हो ।

    सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिंदै ईःले बुधबार दिउँसो ३ बजेबाट पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय अगाडि १०८ घण्टा उभिएर विरोध प्रदर्शन गर्ने बताउनु भएको छ।

    यसअघी काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गर्नुभएका ईःले ललितपुरमा पनि १०८ घण्टा उभिएर विरोध प्रदर्शन गर्ने निर्णय लिएको बताउनु भएको छ।

    ललितपुरको सपना नमार्न भन्दै उहाँलेले साँझ–बिहान फुटपाथ निषेध गर्ने निर्णयबारे पुनर्विचार गर्नसमेत महानगरलाई आग्रह गर्नुभएको छ ।


    सोमवार, मंसिर २५ २०८००२:५०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij