Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

जनकपुरमा पालिकास्तरीय पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न

जनकपुरमा पालिकास्तरीय पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न

  • सोमवार, मंसिर २५ २०८०

  • 461
    SHARES

  • जनकपुरमा पालिकास्तरीय पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न

    जनकपुर । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा उद्योग, पर्यटन तथा वन मन्त्रालय- मधेश प्रदेशको समन्वयमा जनकपुरमा पर्यटन रणनीति र कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ ।

    मधेश प्रदेशका २० स्थानीय सरकार (महानगरपालिका/नगरपालिका/गाउँपालिका) अन्तर्गतको पर्यटन हेर्ने समितिको संयोजक र पर्यटन शाखा /योजना शाखासंग सम्बन्धित कर्मचारीहरुको क्षमता बृद्धि गराई स्थानीय सरकारको पर्यटन रणनीति र कार्ययोजना तर्जुमा गर्न सहयोग पुराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको थियो ।

    कार्यशालाले स्थानीय सरकारको क्षमता अभिवृद्धि, उनीहरूलाई आवश्यक पर्ने ज्ञान र सीपहरू बिकाश गर्न र स्थानीय तहमा प्रभावकारी पर्यटन रणनीति र कार्ययोजना कार्यान्वयन गर्ने परियोजनाले जानकारी दिएको छ ।

    कार्यशालामा ठोरी गाउँपालिका-पर्सा, तिरहुत गाउँपालिका-सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-सप्तरी, जनकपुरधाम उपमहानगरपालिका-जनकपुरधाम, चन्द्रनगर गाउँपालिका-सर्लाही, मटिहानी नगरपालिका-महोत्तरी, निजगढ नगरपालिका-बारा, देवताल गाउँपालिका-बारा, मिथिला नगरपालिका-धनुषा, मौलापुर नगरपालिका-रौतहट, गढीमाई नगरपालिका-रौतहट, चन्द्रपुर नगरपालिका-रौतहट, लहान नगरपालिका-सिरहा लगायतकरीब २० स्थानीयसरकारहरुको सहभागिता रहेको थियो ।

    यस कार्यशालामा पर्यटन, पर्यटनको विकास, बजारीकरण तथा पर्यटकिय गन्तव्यहरूको ब्रान्डिङ रणनीतिहरु, पर्यटन प्रवर्द्धनका लागि मिडिया परिचालन आदि विषयवस्तुमा छलफल गरिएको जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजनाका जीबीकोपार्जन बिज्ञ तथा परियोजनाका निमित्त प्रबन्धक धर्म दवाडीले जानकारी दिनुभयो ।

    कार्यशालाको मुख्य प्रशिक्षक रमेश कुमार अधिकारीले पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमाका विषयमा, नेपाल पर्यटन बोर्डका प्रबन्धक रोहिणीप्रसाद खनालले पर्यटन प्रबद्र्धन, ब्रान्डिङ तथा पपर्यटन बिभागका शाखा अधिकृत नारायण प्रसाद खनालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्राथमिकतामा रहेको ७३ बुँदे कार्ययोजना, पर्यटन दशक २०२३-२०३२ दशक लगायतका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।


    सोमवार, मंसिर २५ २०८००२:४१:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij