काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधारका लागि केही नयाँ घोषणा गर्ने तयारीमा रहेको बताउनु भएको छ ।
आज काठमाडौंमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति भएपनि व्यवहारमा जनतामा आशाको सञ्चार हुन नसकेको बताउनु भएको हो ।
यसका लागि अझै मिहिनेत गर्नुपर्ने भन्दै उहाँले अगाडि भन्नुभयो, ‘अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोयष गर्ने तयारी गरिरहेको छु ।’
हिजो मात्र शासकीय सुधारका विषयमा बृहत छलफल गरेको प्रधानमन्त्री प्रचण्डले बताउनु भएको छ ।