काठमाडौं। काठमाडौंको न्युरोडबाट बरामद गरिएको सुन जोख्ने काम सुरु गरिएको छ।आज न्युरोडबाट झन्डै सात किलो सुनसहित १ जनालाई प्रहरीले पक्राउ गरेको थियो। सोही सुन जोख्ने काम सुरु भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
प्रहरीले न्युरोडस्थित‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा उक्त सुन बरामद गरेको थियो। सो सुन कारोवारमा संलग्न रहेको आरोपमा कैलाली घर भई हाल काठमाडौँ नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बरामद सुनमध्ये केही बिस्कुट आकारमा र केही गहना बनाइसकेको अवस्थामा फेला परेको जानकारि दिनुभयो। उहाँले भन्नुभयो,“प्रक्रिया पुर्याएर जोख्ने काम सकिएपछि एकिन परिमाण आउनेछ, झन्डै सात किलो परिणामको हाराहारीमा सुन भएको अनुमान छ।”