काठमाडौं। नेपाल एयरलाइन्सले अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिने भएको छ। आज डिसेम्बर ३ अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको आवसर पारेर एयरलाइन्सले आन्तरीक उडानमा अपाङ्गता भएका व्यक्तिहरुलाई ५० प्रतिशत छुट दिने यनेजन सार्वजनिक गरेको हो।
आज नेपाल वायु सेवा निगममा प्रवक्ता रमेश पौडेलले एक विज्ञप्ति जारी गर्दै प्रत्येक उडानमा दुई जनालाई त्यस्तो छुट दिइने उल्लेख गर्नु भएको छ।
विज्ञप्तिमा रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचयपत्र लिएका यात्रुहरूका लागि निगमको हरेक आन्तरिक उडानमा सुरुमा आउनेलाई पहिलो सेवा दिइने आधारमा त्यस किसिमको छुट दिइने विज्ञप्तिमा उल्लेख छ।
‘उक्त सुविधाका लागि सम्बन्धित यात्रुले सक्कल परिचय पत्रसहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।