काठमाडौं। शेयर बजार परिसुचक नेप्से आज ७ अङ्कभन्दा धेरैले घटेको छ। नेप्से हप्ताको पहिलो कारोबार दिन आज आइतवार ७ दशमलव २९ अङ्कले घटेर १ हजार ८ सय ५१ दशमलव २३ विन्दुमा झरेको छ।
आज माइक्रोफाइनान्सबाहेक सबै समूहको शेयर घटेको छ। आज बीमा, होटल तथा पर्यटन, विकास बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज माउन्टेन इनर्जी नेपाल, युनाइटेड आईडीआई मर्दी र एनआरएन इन्फ्रस्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ। समग्र बजार घटेको दिन थ्री स्टार हाइड्रोपावरको शेयर साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ।
आज ३४ लाख १९ हजार कित्ता शेयर ९६ करोड ४० लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ६ करोड ९५ लाख रुपैयाँको शेयर किनबेच भयो।