Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

नोभेम्बरमा १ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिए

नोभेम्बरमा १ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिए

  • शुक्रवार, मंसिर १५ २०८०

  • 779
    SHARES

  • नोभेम्बरमा १ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिए

    काठमाडौं। सन् २०२३ को पछिल्लो महिना नोभेम्बरमा पनि १ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

    नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार नोभेम्बर महिनामा १ लाख ८ हजार ६३० जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।
    अघिल्लो महिना अक्टोबरमा १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएर हालसम्मकै उच्च रेकर्ड राखेको थियो ।

    योसँगै २०२३ को ११ महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या ९ लाख १८ हजार ३०८ पुगेको छ । यद्यपि, यो हवाई मार्ग हुँदै आउने पर्यटकको सङ्ख्या मात्र हो । ‘बाई बस’ स्थल मार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरूको सङ्ख्या यसको तीन गुणा बढी रहेको पर्यटन बोर्डको अनुमान छ ।

    नेपाल सरकारले सन् २०२३ मा १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ । नेपाल पर्यटन बोर्डका अनुसार पछिल्लो नोभेम्बर महिनामा कूल पर्यटक आगमन मध्ये २० प्रतिशत पर्यटक छिमेकी मुलुक भारतबाट आएका छन् ।

    समीक्षा अवधिमा भारतबाट २४ हजार ४४३ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् ।यसै गरी दोस्रोमा संयुक्त राज्य अमेरिकाबाट ११ हजार ४६१ जना नेपाल आउँदै गर्दा अर्को छिमेकी मुलुक चीनबाट ७ हजार ६०१ जना नेपाल आएका छन् ।

    यसैगरी बेलायतबाट ६ हजार १३८, अस्ट्रेलियाबाट ५ हजार ६०, थाइल्यान्डबाट ३ हजार ७६१, जर्मनीबाट ३ हजार ५१२, श्रीलङ्काबाट ३ हजार २२८ र फ्रान्सबाट ३ हजार २०५ जना पर्यटक भित्रिएका छन् ।


    शुक्रवार, मंसिर १५ २०८००१:२५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij