Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images
खासखबर

मुलुकको अर्थतन्त्र खस्किँदो अवस्थामा, अर्थका अवयवहरुलाई सुधार्ने गरी सरकारले काम गर्न सकेन

मुलुकको अर्थतन्त्र खस्किँदो अवस्थामा, अर्थका अवयवहरुलाई सुधार्ने गरी सरकारले काम गर्न सकेन

अर्थविद् भन्छन्—निराश मनोविज्ञानलाई चिर्न सकेमात्रै लगानी भित्रिन्छ
  • बुधवार, मंसिर १३ २०८०

  • 681
    SHARES

  • मुलुकको अर्थतन्त्र खस्किँदो अवस्थामा, अर्थका अवयवहरुलाई सुधार्ने गरी सरकारले काम गर्न सकेन

    काठमाडौं । नेपालको अर्थतन्त्र अहिले खस्किँदो अवस्थामा रहेको छ । अर्थका अवयवहरुलाई सुधार्ने गरी सरकारले काम पनि गरिरहेको छैन । विप्रेषणबाट मुलुकलाई चलाउने सपना देखेका दलहरुका लागि विश्वमा आर्थिक संकट आए नेपालजस्ता देशहरुले निकै दुःख व्यहोर्नुपर्ने पक्का छ ।

    पहिलो र प्रमुख समस्या भनेको नेपालबाट निर्यात नहुनु हो । यसले हामीलाई विदेशी मुद्रा कमाउन अवसर प्रदान गर्दैन । स्वदेशमा आम्दानीको अवसर सीमित भएको छ । नेपालमा सबै आन्तरिक माग आयातले धान्ने गरेको छ । तुलनात्मक लाभका वस्तुको उत्पादन पनि रोकिएको छ । नेपालमा सेवा क्षेत्र फस्टाएको भएपनि नेपालको बेरोजगारीलाई सम्बोधन गर्न सकेको छैन । समग्रमा हेर्दा सरकारले नतिजा दिने गरी अर्थतन्त्रका क्षेत्रमा काम गर्न नसकेको वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीको भनाइ छ ।

    नेपालको वस्तु तथा सेवाको निर्यात नभएपनि खाडीमा नेपाली जनशक्तिको प्रचुर मात्रामा निर्यात भएको छ । खाडीमा काम गर्दा युवाले आफ्नो परिवारलाई पैसा पठाउँछन् । यो हाम्रो उच्च आयातको समयमा नष्ट भएको पैसालाई सन्तुलनमा राख्दै नेपालमा विदेशी मुद्राको प्रमुख स्रोत भएको छ । रेमिट्यान्सले फेरि उपभोक्तावाद बढाएको छ । नेपालमा उत्पादन नहुँदा जनताले त्यो रेमिट्यान्सको पैसा महंगो र अत्यावश्यक वस्तु खरिद गर्न प्रयोग गरिरहेका छन् । बैंक र व्यक्तिको लगानी सेयर र घरजग्गा जस्ता ‘अनुत्पादक’ क्षेत्रमा केन्द्रित छ । अर्थतन्त्रको गलत मनोविज्ञानलाई चिर्नका लागि सरकारले समेत ढाडस दिन सक्नुपर्ने अर्थविद् जनक शाहको भनाइ छ ।

    वर्तमान अवस्थामा नेपालको अर्थतन्त्रमा बाह्य धक्काका कारण सरकारले ब्याजदर बढाएर विदेशमा प्रवाहित तरलतालाई नियन्त्रण गर्न ‘परिमाणात्मक कडाई’ को उपाय अपनाएको छ । नेपालको मौद्रिक नीति नियन्त्रण गर्ने नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई वित्तीय नीति व्यवस्थापन गर्ने संयन्त्र मानिन्छ । अहिलेको अवस्थामा उत्पादनको क्षेत्रलाई बढावा दिएर पर्यटन प्रवद्र्धनमा ध्यान दिनुपर्ने देखिन्छ । देशभित्र रहेका प्राकृतिक स्रोतसाधनको भरपूर उपयोग गरी अर्थतन्त्रमा नयाँ आयाम नल्याएसम्म मुलुकको अवस्था सुध्रिने देखिदैन ।

     


    बुधवार, मंसिर १३ २०८००८:२०:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij