Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सामाजिक सुरक्षा कोष छैटौँ वर्षमा प्रवेश, अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको आकर्षण बढ्दो (खास खबर)

सामाजिक सुरक्षा कोष छैटौँ वर्षमा प्रवेश, अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको आकर्षण बढ्दो (खास खबर)

सबै नागरिकहरूलाई एकै ठाउँमा ल्याउने सरकारको गृहकार्य  
  • सोमवार, मंसिर ११ २०८०

  • 488
    SHARES

  • सामाजिक सुरक्षा कोष छैटौँ वर्षमा प्रवेश, अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको आकर्षण बढ्दो (खास खबर)
    काठमाडौं । सामाजिक सुरक्षा कोष छैटौँ वर्षमा प्रवेश गरेको छ । मुलुकमा र विदेशमा रहेका सबै नागरिकहरूलाई एकताबद्ध बनाइ आर्थिक रुपमा सबल बनाउनका निम्ति यो कार्यक्रम लागू गरिएको हो । २०७६ चैत ७ गतेबाट सञ्चालनमा आएको कोषले आफ्नो छैटौँ वर्षमा आइपुग्दा ४४ अर्ब ८५ करोड रुपैयाँ संकलन गरेको जनाएको छ । कोषमा हालसम्म ९ लाख २८ हजार ४५३ जना योगदानकर्ता रहेका छन् । कोषमा हाल १८ हजार ४३९ रोजगारदाता सूचीकृत भएका छन् । कोषले हालसम्म विभिन्न सुविधा अन्तर्गत ६ अर्ब ४४ करोड रुपैयाँ प्रदान गरेको छ । कोषले राज्यलाई अप्ठ्यारो पर्दा समेत सहयोग पुग्ने भन्दै यसलाई बलियो बनाएर लैजानुपर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको भनाइ छ ।
     
    वैदेशिक रोजगारीमा गएका ४ लाख ६६ हजार ६२२ जना श्रमिक कोषमा आबद्ध भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रूपमा कोषमा आबद्ध गराउने व्यवस्था गरिएको थियो । सोही आधारमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको आबद्धता बढेको कोषले जनाएको छ । यता, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा व्यवस्था भएअनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय भएको बताउनुभएको छ । यो कार्यक्रम समाजवादी राज्य स्थापनाको आकांक्षा राख्ने सम्पूर्ण जनसमुदायका निम्ति गौरवको विषय भएको उहाँको भनाइ छ । 
     
    प्रधानमन्त्री प्रचण्डले सुरुवाती चरणमा कोषमा सूचीकृत योगदानकर्ताले मात्रै स्वास्थ्योपचार लगायत अन्य सुविधा प्राप्त गर्ने व्यवस्थामा  थप गर्दै योगदानकर्ताका परिवारलाई पनि स्वास्थ्य उपचार सुविधा दिने गरी गृहकार्य भइरहेकोमा आफूलाई खुसी लागेको उल्लेख गर्नुभयो । वैदेशिक रोजगारमार्फत श्रम स्वीकृति लिएर जानेको हकमा निरन्तरता न्यून देखिएको कोषले जनाएको छ । वैदेशिक रोजगारमा रहेर कोषमा योगदान गर्दै आएका तीन जनाको मृत्यु भइसकेको कोषले जनाएको छ । कोषबाट सुविधा प्राप्त गर्न १२ महिनामा कम्तीमा ९ महिनाको योगदान हुनुपर्ने कोषको कार्यविधिमा उल्लेख छ । मृतकहरूले १ महिना मात्र योगदान गरेको देखिएकोले सुविधाका लागि उनीहरू योग्य देखिएनन् । सबै अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई समेटेर राज्यले अभिभावकत्व ग्रहण गर्नुपर्ने अहिलेको आवश्यकता हो । 
     


    सोमवार, मंसिर ११ २०८००८:२०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij