Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सामाजिक सुरक्षा कोष छैटौँ वर्षमा प्रवेश, ४४ अर्ब ८५ करोड बढी रकम संकलन

सामाजिक सुरक्षा कोष छैटौँ वर्षमा प्रवेश, ४४ अर्ब ८५ करोड बढी रकम संकलन

  • सोमवार, मंसिर ११ २०८०

  • 574
    SHARES

  • सामाजिक सुरक्षा कोष छैटौँ वर्षमा प्रवेश, ४४ अर्ब ८५ करोड बढी रकम संकलन

    काठमाडौं । सामाजिक सुरक्षा कोष छैटौँ वर्षमा प्रवेश गरेको छ । २०७६ चैत ७ गतेबाट सञ्चालनमा आएको कोषले आफ्नो छैटौँ वर्षमा आइपुग्दा ४४ अर्ब ८५ करोड रुपैयाँ सङ्कलन गरेको छ। आफ्नो स्थापनाको दिवसको अवसर पारेर कोषले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रमको आयोजना गरिरहेको छ।

    कोषमा हालसम्म ९ लाख २८ हजार ४५३ जना योगदानकर्ता रहेका छन् । कोषमा हाल १८ हजार ४३९ रोजगारदाता सूचीकृत भएका छन् । कोषले हालसम्म विभिन्न सुविधा अन्तर्गत ६ अर्ब ४४ करोड रुपैयाँ प्रदान गरेको छ ।

    वैदेशिक रोजगारीमा गएका ४ लाख ६६ हजार ६२२ जना श्रमिक कोषमा आबद्ध भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रूपमा कोषमा आबद्ध गराउने व्यवस्था गरिएको थियो। सोही आधारमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको आबद्धता बढेको कोषले जनाएको छ ।

    वैदेशिक रोजगारमार्फत श्रम स्वीकृति लिएर जानेको हकमा निरन्तरता न्यून देखिएको कोषले जनाएको छ । तर, वैदेशिक रोजगारमा रही विदेशबाटै योगदान गर्नेको हकमा ९० प्रतिशतको निरन्तरता रहेको कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले बताउनुभयो ।

    वैदेशिक रोजगारमा रहेर कोषमा योगदान गर्दै आएका तीन जनाको मृत्यु भइसकेको कोषले जनाएको छ । तर उनीहरूको कोषबाट पाउने सुविधा भने नपाउने अधिकारीले बताउनुभयो। कोषबाट सुविधा प्राप्त गर्न १२ महिनामा कम्तीमा ९ महिनाको योगदान हुनुपर्ने कोषको कार्यविधिमा उल्लेख छ । मृतकहरूले १ महिना मात्र योगदान गरेको देखिएकोले सुविधाका लागि उनीहरू योग्य नदेखिएको अधिकारीले बताएर रेग्मीले बताउनुभयो ।


    सोमवार, मंसिर ११ २०८००२:१६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij