Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सभामुख घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्ने

सभामुख घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्ने

  • सोमवार, मंसिर ११ २०८०

  • 670
    SHARES

  • सभामुख घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्ने

    काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्दै हुनुहुन्छ ।संसदीय कामकारबाही र संसदीय समितिका गतिविधिका विषयमा उहाँले छलफल गर्न लाग्नु भएको हो । 

    बैठकमा समितिका कामकारबाहीका विषयका साथै समितिमा विचाराधीन विधेयकहरुका सम्बन्धमा छलफल हुनेछ । सभामुख र संसदीय समितिका सभापतिहरुबीच यसअघि भदौ १३ गते छलफल भएको थियो ।

    सार्वजनिक लेखा समिति सभापतिमा ऋषिकेश पोखरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमाका भानुभक्त जोशी, पूर्वाधार विकास समिति सभापतिमा दीपकबहादुर सिंह, अर्थ समितिको सभापतिमा सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा रामहरि खतिवडा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा डा.आरजु राणा देउवा र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा अब्दुल खान रहनुभएको छ।


    सोमवार, मंसिर ११ २०८००१:१७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij