Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

केपी ओली कप क्रिकेट : लुम्बिनीसँग गण्डकी पराजित, एपीएफ सेमिफाइनलमा

केपी ओली कप क्रिकेट : लुम्बिनीसँग गण्डकी पराजित, एपीएफ सेमिफाइनलमा

  • आइतवार, मंसिर १० २०८०

  • 1.0K
    SHARES

  • केपी ओली कप क्रिकेट : लुम्बिनीसँग गण्डकी पराजित, एपीएफ सेमिफाइनलमा
    काठमाडौं । पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई लुम्बिनी प्रदेशसँग ५ रनले पराजित गरेको छ ।
     
    लुम्बिनीले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको गण्डकी १८ ओभर ५ बलमा ९८ रनमा समेटियो । गण्डकीका लागि सुदीप अर्यालले विष्फोटक पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।
     
    अर्यालले २४ बलमा ३५ रनको उत्कृष्ट पारी खेले ।गण्डकीका कप्तान विपिन खत्रीले १९ रन, दिनेश बुढामगरले १३ र कमल परियारले ११ रनको योगदान दिए । बलिङतर्फ लुम्बिनीका मुहम्मद हुसेनले ४ र अजय लुनियाले ३ विकेट लिए । रमेश कुल्मीले २ र अविषेक गौतमले १ विकेट लिए ।
     
    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । लुम्बिनीका लागि ध्रुव सुनार र नार सार्कीले २३/२३ रन बनाए । विराट भण्डारीले १६ र मिर्नल गुरुङले ११ रन जोडे ।
     
    बलिङमा गण्डकीका अमृत गुरुङले सर्वाधिक ३ विकेट लिए । चन्द्र पौडेलले २ र विपिन खत्री, सुदीप अर्याल र दिनेश बुढामगरले समान १ विकेट लिए ।
     
    समूह बीमा गण्डकी, लुम्बिनीसहित सशस्त्र प्रहरी बल (एपीएफ) थिए । समूह बीमा एपीएफ, लुम्बिनी र गण्डकीको २९२ अंक छ । गण्डकीले एपीएफलाई ४ विकेट र एपीएफले लुम्बिनीलाई ८४ रनले पराजित गरेको थियो ।
     
    गण्डकी पराजित हुँदा अंक बराबरी रहेको एपीएफ रनरेटका आधारमा सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफले सेमिफाइनलमा समूह सीका विजेतासँग खेल्नेछ ।


    आइतवार, मंसिर १० २०८००२:११:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij