Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपाल जलवायु परिवर्तनको उच्च जोखिम छ : प्रधानमन्त्री

नेपाल जलवायु परिवर्तनको उच्च जोखिम छ : प्रधानमन्त्री

  • शनिवार, मंसिर ९ २०८०

  • 734
    SHARES

  • नेपाल जलवायु परिवर्तनको उच्च जोखिम छ :  प्रधानमन्त्री

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि अन्तर्राष्ट्रिय रूपमा नेपाललाई प्राप्त हुने अनुदान र सहयोग महिला,बालबालिका, आदिवासी, जनजाति लगायत उच्च जोखिममा परेका समुदायलाई उपलब्ध गराउन प्राथमिकता दिने बताउनु भएको छ।

    जलवायु न्युनीकरण फाउन्डेसनका प्रतिनिधिमण्डलसँगको भेटमा आज प्रधानमन्त्री प्रचण्डले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै यसबापत अन्तर्राष्ट्रिय रूपमा प्राप्त हुने अनुदान र सहयोगलाई जोखिममा परेका समुदायमा वितरण गर्न प्राथमिकता दिइने धारणा राख्नुभयो।

    भेटका क्रममा प्रधानमन्त्री प्रचण्डलाई जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२८)का सन्दर्भमा सुझावपत्र बुझाउँदै अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनको क्षतिपूर्तिका अवसरमा महिला, बालबालिका, ज्येष्ठनागरिक, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यक लगायत उच्च जोखिममा परेका समुदायलाई ५० प्रतिशत सुनिश्चितता गर्नुपर्ने माग गर्नुभयो ।


    शनिवार, मंसिर ९ २०८००३:२८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij