Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिइएको समाचारप्रति कोषको आपत्ति

भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिइएको समाचारप्रति कोषको आपत्ति

  • शनिवार, मंसिर ९ २०८०

  • 1.8K
    SHARES

  • भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिइएको समाचारप्रति कोषको आपत्ति
    काठमाडौं । भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ । आज एक सन्देश जारी गर्दै कोषले पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता नभएको दाबी गरेको हो । 
     
    ‘समग्र हिन्दुहरूको मूल आस्थाको धरोहर पशुपतिनाथका विषयमा र मन्दिरको संरक्षक पशुपति क्षेत्र विकास कोषका विषयमा भारत र नेपालका केही सञ्चार माध्यमहरूमा प्रसारित तथा प्रकाशित भ्रामक समाचारप्रति कोषको ध्यानाकर्षण भएको छ,’ सन्देशमा भनिएको छ ।
     
    भ्रामक समाचारहरूका कारण हिन्दु धर्म दर्शन एवं पाशुपत दर्शनप्रति आस्थावान् धार्मिक जनप्रति पारिएको आघात पुगेको भन्दै कोषले भारतको उत्तराखण्ड विपिन रावतको गाउँमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति, सहमति दिने सम्बन्धमा कुनै स्वीकृति, सहमति, निर्णय नभएको जानकारी दिएको छ ।
    pssssss.jpg


    शनिवार, मंसिर ९ २०८००८:१३:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij