Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभा निर्वाचन माघ ११ मा गर्न प्रस्ताव

राष्ट्रिय सभा निर्वाचन माघ ११ मा गर्न प्रस्ताव

  • बिहिवार, मंसिर ७ २०८०

  • 606
    SHARES

  • राष्ट्रिय सभा निर्वाचन माघ ११ मा गर्न प्रस्ताव

    काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ ११ गते गर्न सरकारलाई प्रस्ताव गरेको छ।आज प्रधानमन्त्रीलाई आयोगका पदाधिकारीले भेटेर माघ ११ गतेको मिति सुझाव दिएका हुन्।

    आयोगका प्रवक्ता शालिग्राम पौडेलले आँफुहरुले दिएको सुझावमा प्रधानमन्त्रीले पनि त्यहीँ दिन नै चुनाव गर्ने गरी मिति घोषणा हुने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो।

    उहाँले भन्न्नुभयो,‘आयोगका सम्पूर्ण पदाधिकारीबाट सिंहदरबारमा सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष निर्वाचनको मिति तोक्ने सम्बन्धमा परामर्श उपलब्ध गराइएको थियो। उक्त अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले नेपाल सरकार मन्त्रिपरिषदबाट आयोगले परामर्श दिएको मितिमा नै निर्वाचन गर्ने गरी निर्णय हुने व्यहोरा जानकारी गराउनु भएको थियो।’

    फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्यको पदावधि सकिँदै छ। राष्ट्रिय सभा सदस्‍य निर्वाचन ऐन, २०७५ अनुसार फागुनमा रित्त हुने पदहरूको पूर्ति माघ १५ गतेसम्म गरिसक्नुपर्ने हुन्छ।

    निर्वाचनको आवश्यक तयारी, निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने समयलाई समेत ध्यान राखेर मिति प्रस्ताव गरिएको प्रवक्ता पौडेलले बताउनु भयो।


    बिहिवार, मंसिर ७ २०८००४:१२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij