Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु

२४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु

  • सोमवार, आश्विन २६ २०७७

  • 851
    SHARES

  • २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौँ – नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ । यसससँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ६४५ पुगेको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा २ महिला र ७ पुरुष रहेका छन्। काठमाडौँकी ७१ वर्षीया र चितवनकी ४० वर्षीया महिलाको मृत्यु भएको हो।

    त्यस्तै, कोराना सङ्क्रमण भई ज्यान गुमाउने पुरुषहरूमा सुनसरीका ३७, ८९ र ९० वर्षीय, काठमाडौँका ६३ र ६७ वर्षीय, ललितपुरका ५० वर्षीय तथा रुपन्देहीका ७४ वर्षीय रहेका छन्।

    यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २२८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    संक्रमित हुने मध्ये काठमाडौँका १ हजार ८ सय ८८ भक्तपुरका ११८ र ललितपुरमा २७७ जना रहेका सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    यस्तै उपत्यकासहित देशभर आज १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएकोमा ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

    योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको जानकारी दिए। जसमा संस्थागत आइसोलेशनमा १३ हजार ९२३ र होम आइसोलेशनमा १९ हजार ९५७ जना रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २७७ पुगेको गौतमले बताए।


    सोमवार, आश्विन २६ २०७७०४:५३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij