Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

फिफा विश्वकप छनोट : यमनसँग नेपाल पराजित

फिफा विश्वकप छनोट : यमनसँग नेपाल पराजित

  • बुधवार, मंसिर ६ २०८०

  • 892
    SHARES

  • फिफा विश्वकप छनोट : यमनसँग नेपाल पराजित
    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ। मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–० गोल अन्तरले पराजित भएको हो ।
     
    खेलको पहिलो हाफमा यमनलाई बराबरीमा रोकेपनि दोस्रो हाफमा नेपाल सम्हालिन सकेन । यमनका लागि खेलको ७२ औँ मिनेटमा ओमर अलदही र ९० औँ मिनेटमा मोहम्मद अब्दुल्लाह अल–दहीले गोल गरे ।
     
    विश्वकप फुटबलको एसियन छनोटको दोस्रो चरणका लागि नेपालको समूहमा युएई, बहराइन र यमन छन्। फिफा वरीयतामा युएई ६९औं स्थानमा छ। भने बहराइन ८३औं र यमन १५६औं स्थानमा रहँदा नेपाल १७३औं स्थानमा छ।
     
    चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छानिनेछन् भने दुई टिम विश्वकपको तेस्रो चरणका लागि छनोट हुनेछन् । पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको थियो ।


    बुधवार, मंसिर ६ २०८००६:२७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij