Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

टिकटकजस्तै नेपाली एप ‘रमाइलो’ सार्वजनिक

टिकटकजस्तै नेपाली एप ‘रमाइलो’ सार्वजनिक

  • मंगलवार, मंसिर ५ २०८०

  • 3.2K
    SHARES

  • टिकटकजस्तै नेपाली एप ‘रमाइलो’ सार्वजनिक

    काठमाडौं । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले टिकटकजस्तै ‘रमाइलो’ एप सार्वजनिक गरेको छ ।

    एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र सेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत रहेको कम्पनीले जनाएको छ ।

    कम्पनीले कन्टेन क्रियटरलाई केही समयपछि कन्टेन र लोकप्रियता अनुसार निश्चित रकम दिँदै जाने योजना बनाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

    टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन कठिन भएको सरकारले बताइरहेका बेला नेपालकै कम्पनीले यस्तो एप विकास गर्दा नियमनमा पनि सहज हुने कम्पनीको दाबी छ ।

    सरकारले हालैमात्र नेपालमा सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएको छ । सरकारले सामाजिक सद्भावमा खलल पु¥याउन सक्ने भन्दै टिकटक प्रतिबन्ध गर्दा नेपाली प्रयोगकर्ताहरूका लागि यो एप उपयोगी हुने कम्पनीले बताएको छ ।

    यस एपमा भिडियो निर्माणका क्रममा उच्छृङ्खल गतिविधि भएमा वा गैरकानुनी तथा अमर्यादित हर्कत भएमा त्यसलाई कानुनी दायरामा ल्याउन सरकारलाई सहयोग समेत गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

    गलत नियतका सामग्री प्रयोगकर्ताले अपलोड गरेमा एपको ’कम्युनिटी गाइडलाइन्स’ अन्तर्गत भिडियो हटाउने, एकाउन्ट सस्पेन्ड गर्नेदेखि एकाउन्ट नै सदाको लागि बन्द गराउने समेत कम्पनीले जनाएको छ ।

    नेपाली प्रयोगकर्ताहरूको डेटा नेपालमा नै सुरक्षित हुने हुँदा प्रयोगकर्ता थप सुरक्षित र ढुक्क भई सामाजिक सञ्जालमा रमाउन सक्ने कम्पनीको दाबी छ ।


    मंगलवार, मंसिर ५ २०८००३:४३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij