Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी चार्टर्ड विमानमा नेपाल आउँदै

दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी चार्टर्ड विमानमा नेपाल आउँदै

  • मंगलवार, मंसिर ५ २०८०

  • 874
    SHARES

  • दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी चार्टर्ड विमानमा नेपाल आउँदै

    काठमाडौं । पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् ।

    नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्टस् एसोसिएसन र होटल एसोसिएसन पोखराको सहआयोजनामा यही मङ्सिर ९ गते पोखरामा दौड प्रतियोगिता आयोजना हुँदैछ ।

    उक्त प्रतियोगितामा भाग लिन चिनियाँ धावक, अफिसियल र अन्य पाहुना गरी एक सय चार जनाको टोली मङ्सिर ७ गते पोखरा विमानस्थलमा अवरतण गर्ने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    उनीहरु चिनियाँ सरकारको सहयोगमा हिमालय एयरलाइन्सको चार्टर्ड विमानमार्फत पोखरा आउन लागेका हुन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) धनञ्जय रेग्मीले प्रतियोगितामा नेपाल र चीनका १०–१० टोली सहभागी हुने र प्रत्येक टोलीमा तीन जना रहने जानकारी दिनुभयो ।

    यसअघि सन् २०१९ मा पोखरामा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना गरिएकोमा कोभिड–१९ महामारीका कारण त्यसपछि दौड प्रतियोगिता आयोजना हुन सकेको थिएन । प्रतियोगिताले नेपालमा चिनियाँ पर्यटक बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।


    मंगलवार, मंसिर ५ २०८००२:२०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij