Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पूर्वराजा हेलिकप्टर चढेर भाग्ने दिन आउन सक्छ : महन्थ ठाकुर

पूर्वराजा हेलिकप्टर चढेर भाग्ने दिन आउन सक्छ : महन्थ ठाकुर

  • आइतवार, मंसिर ३ २०८०

  • 1.2K
    SHARES

  • पूर्वराजा हेलिकप्टर चढेर भाग्ने दिन आउन सक्छ : महन्थ ठाकुर
    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं सांसद महन्थ ठाकुरले संघीय सरकारले यथासमयमै प्रदेश सरकारलाई अधिकार दिनुपर्ने बताउनुभएको छ ।
     
    उहाँले संविधानको मर्म र भावना अनुसार प्रदेशले अधिकार नपाएको र प्रदेशसँग साधन स्रोत पनि नभएको बताउनुभयो । नेता ठाकुरले प्रदेशको अधिकारमाथि पनि अंकुश लगाएको देखिएको दाबी गर्नुभयो । 
     
    अस्ति मधेस प्रदेशका दुई जना आफूलाई भेट्न आएको बताउँदै उहाँले प्रधानमन्त्रीलाई प्रदेशलाई अधिकार दिन एक महिनाको समय दिएको बताएको सुनाउनुभयो । नदिए माइतीघर मण्डलामा मुख्यमन्त्री, मन्त्री, सांसदहरू धर्नामा बस्ने भन्नुभएको उहाँले बताउनुभयो ।
     
    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता ठाकुरले देश र जनता कठिन अवस्थामा भएकाले अहिले कुनै पनि आन्दोलन घातक हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले विविध तत्त्वले आन्दोलन गर्न खोजिरहेका छन् । तर जनता कठिन अवस्थामा छन् । हामीले पनि संविधान संशोधन गर्न खोजेकै हो । अहिले आन्दोलनको समय छैन । त्यो भनेको जनतालाई दुःख दिनु मात्र हो ।’
     
    राजतन्त्रका लागि आन्दोलन आवश्यक नभएको ठाकुरको जिकिर छ । उहाँले भन्नुभयो, ‘ठूलो संघर्ष गरेर गणतन्त्र लोकतन्त्र आएको छ । राजतन्त्रका लागि आन्दोलन वाहियात र बेकार हो । देशलाई नोक्सान गर्ने काम हो । मरेको साँपलाई गलामा लगाएर के पाउने ? राजतन्त्रको पक्षमा जनता किन आउँछन् ? राजा विष्णुको अवतार थिए होला कुनै बेला । अब विष्णु लोप भइसकेका छन् । हामी त्यसको विरुद्धमा जान्छौं ।’
     
    गणतन्त्रमा पूर्व राजाको प्रशस्ति र गुणगान गाउनु अपराहन हुने उहाँले बताउनुभएको छ । ठाकुरले अहिले राजावादीले अपराधीजस्तो भाषाको प्रयोग गरेर धम्की दिइरहेको र हातहतियार देखाउने, सेना बनाउने काम गरिरहेका उल्लेख गर्दै यस्तो गर्दै गए पूर्व राजालाई हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिनुभयो ।
     
    तीन करोड नेपाली नै समस्यामा रहेको र बिस्तारै समाधान हुँदै जाने उहाँले बताउनुभयो । टिकटक प्रतिबन्धमा तपाईंको प्रतिक्रिया के हो भन्ने पत्रकार धमलाको प्रश्नमा उहाँले सोसल मिडियाका नाममा स्वतन्त्रताको दुरुपयोग गर्नुहुने बताउनुभयो । गठबन्धन सरकार पाँच वर्ष पूरा समय चल्ने र सरकार ढल्नुपर्ने कुनै कारण नभएको उहाँको भनाइ छ ।
     


    आइतवार, मंसिर ३ २०८००९:२६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij