Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भारत र अष्ट्रेलियाबीच हुने फाइनल खेल हेर्न अहमदाबादमा समर्थकको भिड, होटेल खचाखच

भारत र अष्ट्रेलियाबीच हुने फाइनल खेल हेर्न अहमदाबादमा समर्थकको भिड, होटेल खचाखच

  • शनिवार, मंसिर २ २०८०

  • 2.2K
    SHARES

  • भारत र अष्ट्रेलियाबीच हुने फाइनल खेल हेर्न अहमदाबादमा समर्थकको भिड, होटेल खचाखच

    काठमाडौं । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार हुने भारत र अष्ट्रेलियाबीच विश्वकपको फाइनल खेल हेर्नका लागि विश्वभरका फ्यानहरू उडान र होटल बुकिङमा व्यस्त छन्।

    जसका कारण अहमदाबाद र वरपरका सहरहरूमा पाँच, तीन तारे र अन्य होटेलहरूमा कोठाको माग बढिरहेको छ। यसको क्रेज यति बढेको छ कि आइतबार रातिको पाँच तारे होटलको भाडा १० देखि ११ हजार रुपैयाँको सट्टा तीन लाख भारतीय रुपैयाँ पुगेको छ ।

    फेडरेशन अफ होटल एण्ड रेष्टुरेन्ट एसोसिएसन अफ गुजरातका अध्यक्ष नरेन्द्र सोमानीका अनुसार दुबई, अस्ट्रेलिया, दक्षिण अफ्रिकाका फ्यानहरू पनि अहमदाबाद आउनेछन् । सहरका तीन र पाँचतारे होटलमा ५ हजार कोठा छन् ।

    गुजरातमा कूल १० हजार कोठा छन् । खेल हेर्न बाहिरबाट ३० देखि ४० हजार दर्शक आउने अपेक्षा गरिएको छ । जसका कारण पाँच तारे होटलमा कोठा भाडा १० देखि ११ हजार रुपैयाँको सट्टा २.५ देखि ३ लाख रुपैयाँ भारु पुगेको छ ।

    यो हाई भोल्टेज खेल हेर्न हजारौं मानिस अहमदाबाद पुगिसकेका छन् । क्रिकेट फ्यानहरूको सुविधाको लागि भारतीय रेलवेले दिल्लीदेखि गुजरातको अहमदाबादसम्म विशेष ट्रेन चलाउनेछ। खेलपछि ट्रेन अहमदाबादबाट दिल्लीको लागि दिउँसो २ः३० बजे प्रस्थान गर्नेछ। भारतीय रेलवेका अनुसार शनिबार मुम्बई–अहमदाबादबीच तीनवटा यस्ता ट्रेनहरू चलिरहेको छ।

    रेलवे बाहेक, एयरलाइन्स कम्पनीहरूले पनि अहमदाबादको लागि थप उडानहरूको व्यवस्था गरेका छन्। सामान्यतया शनिबार मुम्बई र अहमदाबादबीच दैनिक १५ देखि २० उडानहरू हुन्छन्। खेलका कारण उडानको संख्या २५ पुगेको छ । अत्यधिक मागका कारण उडानको भाडा पनि ३ देखि ५ गुणाले बढेको छ ।


    शनिवार, मंसिर २ २०८००२:४५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij