Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

आज एमालेको विशेष बैठक बस्दै, अध्यक्ष ओलीले सम्बोधन गर्ने

आज एमालेको विशेष बैठक बस्दै, अध्यक्ष ओलीले सम्बोधन गर्ने

  • शनिवार, मंसिर २ २०८०

  • 711
    SHARES

  • आज एमालेको विशेष बैठक बस्दै, अध्यक्ष ओलीले सम्बोधन गर्ने
    काठमाडौं । नेकपा एमालेको विशेष बैठक आज बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।
    बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने छ । 
     
    बैठकमा पार्टीका पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्यहरू, जनसंगठनका पदाधिकारी, उपत्यकाका पार्टी कमिटीका प्रमुखहरू लगायतलाई बोलाइएको एमाले प्रचार विभागले जनाएको छ । 
     
    समसामयिक राजनीति तथा राष्ट्रिय युवा संघ नेपालले मङ्सिर ७ गते काठमाडौंमा गर्न लागेको प्रदर्शनको तयारीका सन्दर्भमा आजको बैठकमा छलफल हुने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो। 
     
    एमालेको संस्था राष्ट्रिय युवा संघले यही मंसिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्दैछ ।


    शनिवार, मंसिर २ २०८०१०:५८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij