Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

महिला टी–२० सिरिज : जापानलाई ६७ रनले हराउँदै नेपाल विजयी

महिला टी–२० सिरिज : जापानलाई ६७ रनले हराउँदै नेपाल विजयी

  • शनिवार, मंसिर २ २०८०

  • 865
    SHARES

  • महिला टी–२० सिरिज : जापानलाई ६७ रनले हराउँदै नेपाल विजयी
    काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जित निकालेको छ । हंङकङमा आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै नेपालले जित निकालेको हो ।
     
    नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा ४६ रन बनाएर अलआउट भयो । जापानका लागि सेरिका सुमीले १३ रन र मेगा ओगावाले १७ रन बनाइन् । अन्यले दोहोरो रनको अंक बनाउन सकेनन् । नेपालका लागि अस्मिना कर्माचार्यले ४ विकेट, संगिता राईले ३ विकेट र पूजा महतो २ विकेट लिएकी हुन् । 
     
    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ११३ रन बनाएको थियो । नेपालकी रुविना क्षेत्रीले सर्वाधिक ३८ रनको योगदान दिइन् । यस्तै कप्तान इन्दु बर्माले २७, काजल श्रेष्ठले १५ तथा पूजा महतोले १३ रन जोडे ।
     
    नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो भने बिहीबार भएको दोस्रो खेलमा  हङकङसँग ९ विकेटले पराजित भएको थियो।
     
    सिरिजअन्तर्गत समान दुई खेल हारेका दुवै टोली उपाधि भिडन्तबाट बाहिरिइसकेका छन् । तान्जानिया र हङकङले भने उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।
     
    महिला टी–२० सिरिजमा घरेलु टोली हङकङसहित नेपाल, तान्जानिया र जापान सहभागी छन्। आईसीसी वरियतामा तान्जानिया १९ औँ, नेपाल २१ औँ, हङकङ २२ औँ र जापान ५१ औँ स्थानमा छन्।
     


    शनिवार, मंसिर २ २०८०१०:४४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij