Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

महिला टि—२० क्रिकेट : नेपालले आज जापानसँग खेल्दै 

महिला टि—२० क्रिकेट : नेपालले आज जापानसँग खेल्दै 

  • शनिवार, मंसिर २ २०८०

  • 740
    SHARES

  • महिला टि—२० क्रिकेट : नेपालले आज जापानसँग खेल्दै 
    काठमाडौं । चार देश सम्मिलित टि—२० शृङ्खलाअन्तर्गत नेपालले आज जापानसँग खेल्दै छ। तान्जिनिया र हङकङसँग पराजित नेपाल सान्त्वना जितको खोजीमा हुनेछ। जापानसमेत लगातार दुई खेलमा पराजित भएकाले जितको खोजीमा छ। नेपाल र जापानको खेल शनिबार बिहान ७ः१५ बजे हङकङमा सुरु हुँदैछ।
     
    पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको नेपाल दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको हो। लगातार दुई खेलमा पराजित भएको नेपालको फाइनल खेल्ने सम्भावना टरिसकेको छ।
     
    चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन्। नेपाल र जापान सान्त्वना जितको खोजीमा हुँदा लगातार दुई खेलमा जित निकालेका हङकङ र तान्जिनिया फाइनल पुगिसकेका छन्।
     
    एक खेल अगावै फाइनल पुगेका तान्जिनिया र हङकङ बीचको खेलसमेत आजै हुँदैछ । यो खेल बिहान पौने १२ बजे सुरु हुनेछ ।


    शनिवार, मंसिर २ २०८००६:४१:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij