Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

टिकटक बन्देजविरुद्ध सर्वोच्चमा ५ वटा रिट, दर्ता हुने नहुनेबारे निणर्य हुने

टिकटक बन्देजविरुद्ध सर्वोच्चमा ५ वटा रिट, दर्ता हुने नहुनेबारे निणर्य हुने

  • शुक्रवार, मंसिर १ २०८०

  • 693
    SHARES

  • टिकटक बन्देजविरुद्ध सर्वोच्चमा ५ वटा रिट, दर्ता हुने नहुनेबारे निणर्य हुने

    काठमाडौं। सरकारले टिकटकमा बन्देज लगाएपछि सरकारको निणर्यविरुद्ध सर्वोच्चमा ५ वटा रिट पुगेका छन्। टिकटक बन्द गर्ने सरकारको निणर्य खारेजीको माग गर्दै सर्वोच्चमा रिट पुगेको हो ।

    सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पुगिसकेका छन् ।

    हाल ती रिटहरु अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बनधमा निणर्य हुनेछ ।

    सार्वजनिक शिष्टाचार विरुद्धका कसुरहरु धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्युनिकरण र दोषीमाथिको कारवाही प्रक्रियामा सहयोग नपुराएको भन्दै नेपालमा तत्कालका लागि टिकटक बन्द गर्ने निणर्य लिएको थियो ।

    गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट टिकटकमा प्रतिबन्ध लगाउने निणर्य भएसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।

    सरकारले टिकटकमाथि प्रतिबन्द लगाउने निणर्य गरेसँगै सो निणर्य खारेजीको माग गर्दै सर्वोच्चमा रिट पुगेको हो । टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्भाव बिगार्ने काम भएको भन्दै त्यसलाई बन्द गर्ने निणर्य सरकारले गरेको हो ।


    शुक्रवार, मंसिर १ २०८०१२:५२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij