Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

उपाधि होडबाट बाहिरियो नेपाली महिला टोली, हङकङसँग ९ विकेटले पराजित

उपाधि होडबाट बाहिरियो नेपाली महिला टोली, हङकङसँग ९ विकेटले पराजित

  • बिहिवार, कार्तिक ३० २०८०

  • 581
    SHARES

  • उपाधि होडबाट बाहिरियो नेपाली महिला टोली, हङकङसँग ९ विकेटले पराजित

    काठमाडौं । हङकङमा जारी ४ देश सहभागी टी-२० श्रृखंलाअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाली महिला क्रिकेट टिम पराजित भएको छ ।

    नेपाल आज भएको दोस्रो खेलमा आयोजक हङकङसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो ।

    चार देश सम्मिलित टी-२० सिरिजमा नेपालले दोस्रो हार व्यहोरेको छ । आज भएको खेलमा नेपाल, हङकङसँग ९ विकेटले पराजित भएको हो ।

    लगातार दोस्रो जित हात पार्ने क्रममा घरेलु टोली हङकङले नेपालले दिएको ५७ रनको लक्ष्य मात्र ९ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।उसका लागि नताशा माइल्सले अविजित ३० रन बनाइन् भने शान्जीन शहजादले अविजित २० रन जोडिन् ।

    यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले १८ ओभरमा ५६ रन जोड्दा सबै विकेट गुमाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले २५ रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।


    बिहिवार, कार्तिक ३० २०८००२:३०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij