Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै

विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै

  • बिहिवार, कार्तिक ३० २०८०

  • 1.3K
    SHARES

  • विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
    काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो चरण र एएफसी एसियन कप छनोटका लागि आज नेपालले यूएईको सामना गर्दैछ। यूएईको घरेलु मैदानमा हुने खेल राति साढे ९ बजे सुरु हुनेछ। 
     
    समूह एचमा रहेको नेपालले यूएईसँग खेल्दै दोस्रो चरण छनोटको सुरुवात गर्दैछ।  फिफा वरियतामा यूएई ६९ र नेपाल १ सय ७३ औं स्थानमा छ। 
     
    युवा खेलाडीको बाहुल्यता रहेको नेपाली टोली आजको खेलमा उत्कृष्ट सुरुवात गर्न चाहन्छ। यसअघि विश्वकप छनोट खेलेको टोलीबाट आजको खेलमा तीन खेलाडी मात्र छन्। 
     
    नेपाली टोलीका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बु, डिफेन्डर रोहित चन्द र फरवार्ड अञ्जन विष्ट यूएईविरुद्धको खेलमा छन्।  
     
    टोलीका अर्का डिफेन्डर अनन्त तामाङ भने प्रशिक्षणमा घाइते भएपछि यूएईविरुद्धको टोलीबाट बाहिर छन्। आजको खेलमा उनको अभाव खट्किन सक्ने छ।
     
    विश्वकप छनोटको पहिलो चरणको दोस्रो लेगमा लाओसलाई पराजित गर्दै नेपालले दोस्रो चरणमा स्थान पक्का गरेको थियो। 
     
    नेपाल रहेको समूह एचमा यूएईसँगै बहराइन र यमन छन्। होम एण्ड अवेका आधारमा हुने खेलमा नेपालले सबै टोलीसँग समान २ खेल खेल्नेछ। 
     
    समूहको शीर्ष २ मा रहने टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गदा एएफसी एसियन कपमा समेत छनोट हुनेछन्।


    बिहिवार, कार्तिक ३० २०८००७:०७:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij