Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सेमिफाइनलमा शतक बनाउँदै विराट कोहलीले तोडे सचिन तेन्दुल्करको कीर्तिमान

सेमिफाइनलमा शतक बनाउँदै विराट कोहलीले तोडे सचिन तेन्दुल्करको कीर्तिमान

  • बुधवार, कार्तिक २९ २०८०

  • 1.1K
    SHARES

  • सेमिफाइनलमा शतक बनाउँदै विराट कोहलीले तोडे सचिन तेन्दुल्करको कीर्तिमान

    काठमाडौं । भारतीय क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले आफ्नै राष्ट्रका महान खेलाडी सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । १० दिनअघि उनले ३५औँ वर्षमा पाइला टेकेकै दिन अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनको कीर्तिमानसँग बराबरी गरेका थिए ।

    कोहलीले आईसीसी एक दिवसीय विश्वकपअन्तर्गत बुधबार खेलिएको न्युजिल्यान्डविरुद्धको सेमिफाइनल खेलका क्रममा सचिनको कीर्तिमान तोडेका हुन् । विराटले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनले प्रहार गरेको शतक संख्यालाई उछिनेका हुन् ।

    बुधबार न्युजिल्यान्डविरुद्धको खेलमा शतक बनाएसँगै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कोहलीको शतक संख्या ५० पुगेको छ । विराटले दुई सय ९१ एक दिवसीय खेलको दुई सय ७९ पालीमा ५० शतकका अतिरिक्त ७१ वटा अर्धसतक पनि बनाएका छन् ।

    सचिनले भने सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ वटा शतक बनाएका थिए । विराटले न्युजिल्यान्डविरुद्धको खेलमा एक सय ६ बलको सामना गरी एक छक्का र आठ चौकाको मद्दतले शतक बनाएका हुन् । उनले खेलको ४१.४ ओभरमा न्युजिल्यान्डका बलर लोकी फर्गुसनको बलमा दुई रन लिँदै शतक पुरा गरेका हुन् ।

    कोहलीले हालसम्म टेस्ट क्रिकेटमा पनि २९ वटा शतक प्रहार गरेका छन् । सचिनले भने टेस्ट र एक दिवसीय क्रिकेटलाई जोड्दा एक सयवटा शतक बनाएका छन् । सचिनले एक दिवसीय अन्तर्राष्ट्रियमा ४९ र टेस्ट क्रिकेटमा ५१ वटा शतक बनाएका छन् ।

     


    बुधवार, कार्तिक २९ २०८००५:३८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij