Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

महिला क्रिकेट : नेपाल तान्जानियासँग पराजित

महिला क्रिकेट : नेपाल तान्जानियासँग पराजित

  • बुधवार, कार्तिक २९ २०८०

  • 676
    SHARES

  • महिला क्रिकेट : नेपाल तान्जानियासँग पराजित

    एजेन्सी । हङकङमा चलिरहेको चारदेशीय महिला टी-२० आई क्रिकेटमा नेपाल तान्जानियासित २७ रनले पराजित भएको छ ।
    जितका लागि ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ८८ रनमा अल आउट भएको हो ।

    नेपालका लागि सीता राना मगरले ४३ र कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अरुले दोहोरो अंकको रन नै जोड्न सकेनन् ।
    नेपालको सुरुवात नै राम्रो भएन ।

    नेपालका ओपनर तथ शीर्ष क्रममा ब्याटर क्रिजमा टिक्न नसक्दा नेपालले ११६ रनको सामान्य लक्ष्य पनि भेटन् नसकेको हो ।
    ओपनर विन्दु रावल खाता नै नखोली पभेलिन फर्केपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न गएकी सम्झना खड्काले पनि खाता खोल्न सकिनन् ।

    अर्की ओपनर पूजा महतो टिमको स्कोर ११ रन हुँदा व्यक्तिगत ३ रनमा आउट भइन् ।चौथो नम्बरमा व्याटिङमा गएकी काजल श्रेष्ठ र पाँचौ नम्बरकी कप्तान बर्माले नेपाली इनिङ सम्हाल्ने कोसिस गरे पनि काजल ९ रनमा आउट भइन् ।

    त्यसपछि रुबिना क्षेत्री एक बल पनि फेस गर्न नपाउँदै रन आउट भइन् ।अनुभवी ब्याटर सीता राना मगरले बर्मासँग १७ रनको साझेदारी गरिन् । बर्मा व्यक्तिगत १५ रनमा आउट भइन् ।

    सीता नवौं विकेटका रुपमा टिकको स्कोर ८७ रन हुँदा क्याच आउट भइन् ।


    बुधवार, कार्तिक २९ २०८०१२:३६:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij