Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

तिन प्रदेशमा हिमपातको सम्भावना, यस्तो रहने छ आज देशभरको मौसम

तिन प्रदेशमा हिमपातको सम्भावना, यस्तो रहने छ आज देशभरको मौसम

  • बुधवार, कार्तिक २९ २०८०

  • 1.0K
    SHARES

  • तिन प्रदेशमा हिमपातको सम्भावना, यस्तो रहने छ आज देशभरको मौसम
    काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
     
    बुधबार दिउँसो कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमार्फत जानकारी दिएको छ।
     
    कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।
     
    राति कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ।
     
    यसैबीच कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलगायत आसपासको क्षेत्र  र लुम्बिनी प्रदेशको उत्तर पश्चिमपट्टिको भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ। उक्त क्षेत्रमा अधिकतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना रहेको बताइएको छ।
     
    रातिपख कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलगायत आसपासको क्षेत्र र  लुम्बिनी प्रदेशको उत्तर पश्चिमपट्टिको भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ। उक्त क्षेत्रमा राति न्यूनतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना छ।


    बुधवार, कार्तिक २९ २०८००७:०९:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij