Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विश्वकप क्रिकेट: पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्यान्ड भिड्दै

विश्वकप क्रिकेट: पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्यान्ड भिड्दै

  • बुधवार, कार्तिक २९ २०८०

  • 1.5K
    SHARES

  • विश्वकप क्रिकेट: पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्यान्ड भिड्दै
    काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनल बुधबार(आज) हुँदैछ। पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले भारतको सामना गर्दैछ। घरेलु मैदानमा जारी विश्वकपमा भारत अपराजित एउटै मात्र टिम हो। न्युजिल्यान्ड भने रनरेटको आधारमा सेमिफाइनल प्रवेश गरेको हो। यो खेल बुधबार दिउँसो २ः१५ बजे भारतको वनखडे स्टेडियममा सुरु हुँदैछ। 
     
    यो विश्वकपमा नौ वटा खेलमा भारतले अब्बल प्रदर्शन गरेको छ। उसले शतप्रतिशत जित आफ्नो पक्षमा पारेको छ। भारतको बलिङ र ब्याटिङ उत्तिकै चुस्त देखिन्छ। 
     
    न्युजिल्यान्ड चार खेलमा पराजित हुँदै रनरेटको आधारमा सेमिफाइनल खेल्न पुगेको हो। यो टिम चौथो स्थानमा कायम हुँदै अन्तिम चारमा पुगेको हो। पहिलो सेमिफाइनल भारतसँग खेलेर न्युजिल्यान्ड फाइनल पुग्ने तयारीमा छ। एउटा पनि खेल नगुमाएको भारत आफ्नै भूमिमा विश्वकप उपाधि उचाल्ने सुन्दर सपनासहित खेलिरहेको छ। 
     
    दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाको सामना गर्दैछ। यो प्रतिस्पर्धा बिहीबार इडन गार्डेनमा हुँदैछ। विश्वकप २०२३ को फाइनल  मंसिर २ गते हुँदैछ। 


    बुधवार, कार्तिक २९ २०८००६:०८:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij