Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

ब्राजिली स्टार नेयमारको सल्यक्रिया पश्चातको अवस्था सुधारोन्मुख

ब्राजिली स्टार नेयमारको सल्यक्रिया पश्चातको अवस्था सुधारोन्मुख

  • मंगलवार, कार्तिक २८ २०८०

  • 789
    SHARES

  • ब्राजिली स्टार नेयमारको सल्यक्रिया पश्चातको अवस्था सुधारोन्मुख

    एजेन्सी । ब्राजिली स्टार नेयमारले एसीएल सल्यक्रिया पश्चातको अवस्था सुधारोन्मुख देखिएको छ ।

    नेयमारको उपचारमा संलग्न चिकित्सकका अनुसार उनले चोटसँग राम्रो प्रतिक्रिया जनाएका छन् । तर अल हिलालका फरवार्ड कहिले मैदान फर्कन्छन् भनेर एकिन भने छैन ।

    ३१ वर्षका फरवार्डले फुटबलरमा निकै जटिल मानिने एसीएल सल्यक्रिया गरेका थिए । अघिल्लो महिना विश्वकप छनोटको दौरान उरुग्वेविरुद्धको खेलमा उनले चोट बोकेका थिए । नेयमार पुन एक जटिल सल्यक्रियाबाट गुज्रिन परेको छ ।

    एसीएलको सल्यक्रिया निको हुन सामान्यतया कम्तिमा ८ देखि १० महिना लाग्ने गर्दछ । ब्राजिली टिमका चिकित्सक रोड्रिगो लास्मारले नेयमार पूर्ण फिट हुनका लागि निकै प्रतिबद्ध देखिएको बताएका छन् ।

    सल्यक्रिया पश्चात उनले निकै सुधारोन्मुख प्रतिक्रिया देखाईरहेका छन् ।


    मंगलवार, कार्तिक २८ २०८००१:१४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij