काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले थप १० विमान खरिदका निम्ति तिहारपछि टेन्डर आह्वान गरिने बताउनुभएको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले ठूला–साना गरी थप १० विमान खरिदका निम्ति तिहारपछि टेन्डर आह्वान गरिने जानकारी दिनुभएको हो ।
नेपाल वायुसेवा निगमसँग भएका तीन र नयाँ तीन विमानले २२ आन्तरिक विमानस्थलमा उडान भर्ने उहाँको भनाइ छ । भूकम्पलगायत अरू घटनाले नेपालमा थप राष्ट्रिय विमानको आवश्यकता पुष्टि भएको उहाँले बताउनुभयो ।
मन्त्री किरातीले पर्यटक भित्र्याउन विमान आवश्यक रहेकाले नीति, योजना र इच्छाशक्ति भए ल्याउने अनेक उपाय रहेको उल्लेख गर्नुभयो ।