काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप २२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा १७ पुरुष र पाँचजना महिलाको मृत्यु भएको जानकारी दिएको छ ।
योसँगै हालसम्म संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ । मृत्यु हुनेमा काठमाडौंमा एक महिला र चार पुरुष गरी पाँचजना चितवनमा एक महिला र तीन पुरुष गरी चारजना, रुपन्देहीमा तीन पुरुष, भक्तपुरमा दुई पुरुष, सुनसरीमा एक महिला र एक पुरुष गरी दुईजना रहेका छन् ।
त्यसैगरी धनकुटा र मकवानपुुरमा एक–एक महिलाको मृत्य भएको मन्त्रालयले जनाएको छ। सर्लाही, ललितपुर, नुवाकोट र सिन्धपाल्चोकका एक–एक पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।