Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बागमती प्रदेश र भरतपुर महानगरले मिलेर गौतमबुद्ध रंगशालाको काम तत्काल सुरु गर्ने

बागमती प्रदेश र भरतपुर महानगरले मिलेर गौतमबुद्ध रंगशालाको काम तत्काल सुरु गर्ने

  • मंगलवार, कार्तिक २१ २०८०

  • 1.2K
    SHARES

  • बागमती प्रदेश र भरतपुर महानगरले मिलेर गौतमबुद्ध रंगशालाको काम तत्काल सुरु गर्ने

    काठमाडौं । बागमती प्रदेश सरकारले चितवनको भरतपुर महानगरपालिकासँग मिलेर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तत्काल सुरु गर्ने भएको छ ।

    चन्दा उठाएर रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै २ वर्षअघि निर्माणको काम छाडेको थियो । तयसपछि यो रंगशाला अलपत्र बनको थियो ।

    मंगलबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बागमती प्रदेशको राजधानी हेटौंडा आएर प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसँग वार्ता गरेर रंगशालाको काम अगाडि बढाउने सहमती गरेको प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जानकारी दिनुभयो ।

    मोक्तानका अनुसार महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड रुपैयाँको काम गर्ने गरी सहमति भएको हो । उहाँका अनुसार तिहार लगत्तै ठेक्का आह्वान हुने र ठेक्का पश्चात फिल्डको काम हुने गरी तयारी भएको छ ।


    मंगलवार, कार्तिक २१ २०८००३:१२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij