Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

जिउँदो कुखुराको मूल्य ह्वात्तै घट्यो

जिउँदो कुखुराको मूल्य ह्वात्तै घट्यो

  • मंगलवार, कार्तिक २१ २०८०

  • 2.9K
    SHARES

  • जिउँदो कुखुराको मूल्य ह्वात्तै घट्यो

    काठमाडौं। ब्रोइलर कुखुराको बिक्री मूल्य घटेको छ। कुखुरा बिक्री व्यवसायीहरुको संस्था नेपाल कुखुरा बिक्री व्यवसायी संघले १२ कात्तिकदेखि यताको ९ दिनमा जिउँदो ब्रोइलर कुखुराको बिक्रीमूल्य ५० रुपैयाँले घटाएको हो।

    संघका अध्यक्ष जंगबहादुर बिसीकाअनुसार बजारमा उत्पादन धेरै र खपत कम भएपछि दशैंलगत्तै व्यापारीहरुले मूल्य घटाएका हुन्। संघले १२ कात्तिकमा प्रतिकिलो मूल्य २८० रुपैयाँबाट घटाएर २७० रुपैयाँ तोकेको थियो।

    त्यसको २ दिनपछि १४ कात्तिकमा पुनः किलोमा १० रुपैयाँले मूल्य घटाएर २६० रुपैयाँ कायम गर्‍यो। १६ कात्तिकमा पुनः किलोमा १० रुपैयाँले घटेको मूल्य १९ कात्तिकमा २५० बाट घटेर २४० रुपैयाँमा आइपुगेको थियो। यस्तै सोमबार २० कात्तिकमा संघले पुनः प्रतिकिलो मूल्य १० रुपैयाँले घटाएर २३० रुपैयाँ तोकेको छ। सो मूल्य २१ कात्तिकको बिहानदेखि लागू हुनेछ।

    जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य किलोमै ५० रुपैयाँले घटेपछि तयारी मासुको मूल्य पनि घट्ने अध्यक्ष बिसीले जानकारी दिनुभयो। बजारमा अब तयारी मासुको मूल्य प्रतिकिलो ३२० रुपैयाँसम्म पर्ने उहाँको भनाइ छ।

     


    मंगलवार, कार्तिक २१ २०८००७:०७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij