Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

हिजो राताम्मे बनेको नेप्सेमा आज हरियाली छायो

हिजो राताम्मे बनेको नेप्सेमा आज हरियाली छायो

  • सोमवार, कार्तिक २० २०८०

  • 554
    SHARES

  • हिजो राताम्मे बनेको नेप्सेमा आज हरियाली छायो

    काठमाडौं। हिजोसम्म राताम्मे बनेको शेयर बजार परिसुचक नेप्सेमा आज हरियाली छाएको छ। साताको दोस्रो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक २१.३० अंकले बढेर १८४७.५४ को विन्दुमा पुगेको छ।

    यस दिन २८३ धितोपत्रको ३५ लाख ५५ हजार ६७० कित्ता सेयर ९३ करोड ८९ लाख २९ हजार ४० रुपैयाँमा किनबेच भएको छ। सेन्सेटिभ इन्डेक्स पनि ०.९४ प्रतिशतले बढेर ३५५.७३ को विन्दु कायम भएको छ।

    आज सबै उपसमूहको समूहगत सूचकमा हरियाली देखिएको छ। १३ वटा उपसमूहमध्ये सर्वाधिक होटेल तथा पर्यटन उपसमूहको समूहगत सूचक सर्वाधिक ३.७३ प्रतिशतले बढेको छ ।

    हाथवे इन्भेसमेन्ट नेपालको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ। लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ४.२८ प्रतिशतले घटेको छ।


    सोमवार, कार्तिक २० २०८००३:४३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij