Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालमा पहिलोपटक इन्डो नेपाल वेडिङ समिट २०२३ सम्पन्न

नेपालमा पहिलोपटक इन्डो नेपाल वेडिङ समिट २०२३ सम्पन्न

  • सोमवार, कार्तिक २० २०८०

  • 811
    SHARES

  • नेपालमा पहिलोपटक इन्डो नेपाल वेडिङ समिट २०२३ सम्पन्न

    काठमाडौं। नेपालमा वैवाहिक पर्यटनको पर्याप्त सम्भावना रहेको सरोकारवालाहरुले बताएका छन् ।

    नेपालमा पहिलो पटक आयोजना गरिएको इन्डो नेपाल वेडिङ समिट-२०२३ का अवसरमा सरोकारवालाहरुको सो धारणा राखेका हुन् ।

    नेपाल पर्यटन बोर्डको समन्वय, भारतको प्रतिष्ठित व्यवसायिक समुह द बुलको डिजाइन र व्यवस्थापन तथा बुल इभेन्टस म्यानेजमेन्ट नेपालको आयोजनामा कार्तिक १७ र १८ गते काठमाण्डौमा वेडिङ समिट आयोजना गरिएको थियो ।

    विवाहलाई पर्यटनसङ सम्बन्धित उद्योगका रुपमा पुनः परिभाषित गर्ने एवम् नेपाललाई एक प्रमुख विवाह गन्तव्यको रुपमा प्रर्वद्धन गर्ने मुख्य उद्देश्यकासाथ समिट आयोजना गरिएको समिटमा भारतका शीर्ष ३० भन्दा बढी वेडिङ विजनेश प्लानरहरुको सहभागिता रहेको थियो ।

    समिटका अवसरमा भारतका प्रतिष्ठत वेडिङ विजनेश प्लानरहरु, नेपालका प्रतिष्ठित होटलहरु, विवाह योजनाकारहरू एवम् निजी तथा सरकारी सरोकारवालाहरुको सहभागिता रहको थियो । भारतीय वेडिङ विजनेश प्लानरहरुले काठमाण्डौका विभिन्न स्टार होटल तथा रिसोर्टहरु अवलोकन गरेका थिए ।

    समिटका अवसरमा बिटुबी मिटिङ तथा सरोकारवालाहरुसंग समुह छलफल जस्ता कार्यक्रमहरु आयोजना गरिएको थियो । समिटको पहिलो दिन होटल सोल्टिमा औपचारिक उद्घाटन तथा बिटुबि कार्यक्रम आयोजना गरिएको थियो भने दोश्रो दिन चन्द्रागिरीमा नेपालमा वैवाहिक पर्यटकीय गन्तव्यका अवसर र चुनौतीका शिर्षकमा प्यानल डिस्कसन र हायात होटलमा समापन आयोजना गरिएको थियो ।

    समिटले भविष्यमा विदेशी र खासगरी भारतीय विशिष्ट वैवाहिक समारोहहरु नेपालमा आयोजनामा गर्न नेपाल नीतिगत, भौतिक तथा कानूनी संरचना लगायतका सम्पूणर् हिसावले पुणर् रुपमा तयार भएको सन्देश दिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनु भयो ।

    समूह छलफल कार्यक्रममा अध्यागमन विभागका महानिर्देशक रुद्रसिङ तामाङले विदेशीबाट नेपालमा आयोजना गरिने विवाहको लागि विभागबाट गर्नु पर्ने सहजीकरणका लागि आफू तयार रहेकोे बताउनु भयो ।

    यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलका मुख्य भन्सार अधिकृत मुक्ति श्रेष्ठले भन्सारले सुन तथा अन्य सामाग्री ल्याउन लैजान छुट्टै प्रावधान रहेको जानकारी दिदै अन्य विषयमा आवस्यक सहजिकरण गर्न सकिने बताउनु भयो ।

    नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले नेपालमा विवाह पर्यटनको प्रचुर सम्भावना रहेकोले यससङ सरोकार राख्ने क्षेत्रसङ सहकार्य गरि नेपालमा पहिलोपटक यो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै यस्तो कार्यक्रमलाई वार्षिक कार्यक्रमका रुपमा लिएर जाने सोच रहेको बताउनु भयो ।

    होटल एशोसिएसन नेपाल हानका अध्यक्ष विनायक शाहले नेपालका होटलहरु विभिन्न खालका मेघा इभन्न गर्न सक्षम रहको उल्लेख गर्दै आफुहरु सहकार्यका लागि तयार रहेको जानकारी दिनुभयो । यस्तै भारतको एभेन्ट म्यानेजनेन्ट कम्पनी इभेन्ट एण्ड इन्टरटेन्मेन्ट म्यानेजमेन्ट एशोसिएशन (इइएमी) कम्पनीका अध्यक्ष समित गर्गले विश्वका विभिन्न देशमा भारतबाट वार्षिक सयौं विवाह समारोह आयोजना हुने गरेको सन्दर्भमा भारतीयका लागि नेपाल उपर्युक्त गन्तव्य हुन सक्ने भएकोले आफुहरुले नेपालमा कार्यक्रमको आयोजना गरेको र कार्यक्रमले आफुहरुमा उत्साह बढेको बताउनु भयो ।

    समिटका अवसरमा भारतीयहरुले नेपालमा विवाह गर्न आउँदा हुने प्राविधिक समस्या सुल्झाउन आफ्नो तर्फबाट कुराहरु राखेको र यसले आउने दिनमा थप सहजता थप्ने बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले बताउनु भयो ।

    समिटमा सहभागी भारतीय वेडिङ प्लानरहरुले नेपालको कला, संस्कृती खानपान तथा तथा दुई देशविचको आफ्नै मौलिक सम्बन्धका कारण पनि नेपालमा यस्ता कार्यक्रम गर्न सकिने बताउदै उहाँले नेपालले पूर्वाधारको विकास तथा भन्सार सहजीकरणमा ध्यान दिन आग्रह गरेका थिए ।


    सोमवार, कार्तिक २० २०८००३:१६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij