काठमाडौं। टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ५२ र गुल्सन झाले ५४ रन बनाए ।ओमानविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक बनाएका छन् ।
टी–२० विश्वकप छनोट खेलमा फाइनल खेलमा कप्तान पौडेलले २ छक्का र ५चौका सहित अर्धशतक बनाएका हुन् । टी–२० अन्तर्राष्ट्रियमा यो उनको पाँचौ अर्धशतक हो ।
टी–२० विश्वकप छनोट खेलको उपाधिका लागि कीर्तिपुरमा जारी खेलमा गुल्शन झाले विस्फोटक ब्याटिङ गरेका छन् । उनको ब्याटिङसँगै नेपालको इनिङ्स उकासिएको थियो ।