काठमाडौं। रामेछाप विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बनमा परेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पाइलटद्वय सन्जीव श्रेष्ठ र सन्तोष शाहको लाइसेन्स निलम्बन गरेको हो ।
प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार उडान सुरक्षा मापदण्ड उल्लंघन गरेपछि श्रेष्ठ र शाहको लाइसेन्स निलम्बन गरिएको हो।
थप अनुसन्धानपछि लाइसेन्स खारेज गर्ने अथवा अन्य कारबाही गर्ने भन्ने विषयमा निर्णय गरिने भुलले जानकारी दिए। आज शुक्रबार बिहान उक्त विमानस्थलमा तारा एयरका दुई पाइलटबीच झगडा भएको थियो ।