Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

युएईलाई ८ विकेटले हराउँदै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट

युएईलाई ८ विकेटले हराउँदै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट

  • शुक्रवार, कार्तिक १७ २०८०

  • 1.3K
    SHARES

  • युएईलाई ८ विकेटले हराउँदै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट

    काठमाडौं।नेपाल युएईलाई ८ विकेटले हराउँदै १० वर्षपछि टी–२० विश्वकपमा छनोट भएको छ।आज काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो ।

    यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वक खेलेको थियो । काठमाडौंमा भएको छनोट खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ ।

    मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे ।
    पहिले ब्याटिङ गरेको युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १÷१ विकेट लिए ।


    शुक्रवार, कार्तिक १७ २०८००२:११:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij