Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

टी–२० विश्वकप छनोटः नेपाललाई ओमानको १४६ रनको लक्ष्य

टी–२० विश्वकप छनोटः नेपाललाई ओमानको १४६ रनको लक्ष्य

  • बिहिवार, कार्तिक १६ २०८०

  • 685
    SHARES

  • टी–२० विश्वकप छनोटः नेपाललाई ओमानको १४६ रनको लक्ष्य

    काठमाडौं । टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो।

    नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट हात पारे। गुल्शन झा र अविनाश बोहोराको नाममा एक/एक विकेट रह्यो ।

    ओमानका कप्तान जिसन मक्सदले ३२, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।


    बिहिवार, कार्तिक १६ २०८०१०:५४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij