Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै

आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै

  • बिहिवार, कार्तिक १६ २०८०

  • 1.1K
    SHARES

  • आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं।आईसीसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा नेपालले समूह ‘ए’को अन्तिम खेलमा आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल बिहान ९ बजे सुरु हुनेछ।

    यो खेल जित्ने टोली समूह ए को विजेता बन्नेछ। जारी प्रतियोगितामा नेपालले सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले हराएको थियो भने ओमानले मलेसियालाई ३२ र सिंगापुरलाई २२ रनले पराजित गरेको थियो।

    टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल र ओमानबीच चार खेल भएका छन्। जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ। कात्तिक १९ गतेसम्म चल्ने प्रतियोगितामा ८ देश सहभागी छन्।

    जसअन्तर्गत समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन्। समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन्।यस छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल पुग्ने दुई टोली सोझै विश्वकपलाई छानिन्छन्।

    फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन्।

     


    बिहिवार, कार्तिक १६ २०८००६:५५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij