काठमाडौं। सेयर बजार परिसुचक नेप्से आज पनि घटेको छ। साताको चौथो कारोबार दिन आज नेप्से ५.८३ अंकले घटेर १८५८.५६ को बिन्दुमा कायम भएको छ।
आज २९६ धितोपत्रको ३३ लाख ६४ हजार ५६ कित्ता सेयर ८१ करोड २० लाख ८९ हजार २९१ रुपैयाँमा किनबेच भएको छ।सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ३५९.९५को बिन्दुमा झरेको छ।
कुल १३ वटा उपसमूहमध्ये १२ वटा उपसमूहको समूहगत सूचक ओरालो लागेको छ। लगानी उपसमूहको समूहगत सूचक ०.०८ प्रतिशतले बढेको छ।
सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.३९ प्रतिशतले बढेको छ भने सोनापुर मिनिरल्सको सेयर मूल्य सर्वाधिक ७.९९ प्रतिशतले घटेर प्रतिकित्ता २३४.८० रुपैयाँमा कायम भएको छ ।