Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

नेपालकै ठूलो खाद्य भण्डार र विद्युतीय चार्जिङ स्टेशन चन्द्रपुरमा चाडैँ चल्ने

नेपालकै ठूलो खाद्य भण्डार र विद्युतीय चार्जिङ स्टेशन चन्द्रपुरमा चाडैँ चल्ने

  • बुधवार, कार्तिक १५ २०८०

  • 3.2K
    SHARES

  • नेपालकै ठूलो खाद्य भण्डार र विद्युतीय चार्जिङ स्टेशन चन्द्रपुरमा चाडैँ चल्ने

    काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाले नेपालकै ठूलो खाद्य भण्डार र विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन धमाधम निर्माण गरिरहेको छ ।

    देशकै चासो र गौरवका योजना भएकाले दुवै काम अन्तिम चरणमा पुग्न लागेको चन्द्रपुरका मेयर संजयकुमार काफ्लेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार खाद्य भण्डार बैशाखदेखि र चार्जिङ स्टेशन एक महिनापछि सञ्चालनमा आउने छ । दुवै कामका लागि दुई÷दुई करोडभन्दा बढी लागानी भएको उहाँको भनाई छ ।

    कृषकहरुले उत्पादन गरेको अन्नवाली उत्पादनकै समयमा बेच्दा सस्तोमा बेच्नु परेकोले खाद्य भण्डारमा भण्डारण गरेर बेमौसममा बेच्दा धेरै मुल्य पाउने भएकाले खाद्य भण्डार स्थापना गर्न लागिएको मेयर काफ्लेले बताउनु भयो ।

    खाद्य भण्डारमा एकै पटकमा ५ हजार मेट्रिक टनसम्म खाद्य पदार्थ भण्डारण गर्न सकिने पनि उहाँले जानकारी दिनुभयो । खाद्य भण्डार सञ्चालनमा आएपछि किसानहरुलाई धेरै फाईदा हुने उहाँको दावी छ ।

    नेपाली रेडियो नेटवर्कको पालिका वहसमा पत्रकार ऋषि धमलासँग मेयर काफ्लेले मरघर सिमसार क्षेत्रको जग्गा व्यक्तिको नाममा रहेको पत्ता लागेको जानकारी दिनुभयो ।

    भूमाफियाहरुले सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाएको पाईएकाले जग्गा फिर्ताका लागि कानुनी प्रक्रिया सुरु गरिएको पनि उहाँले बताउनु भयो ।


    बुधवार, कार्तिक १५ २०८००९:२८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij