Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालले मलेसियालाई ६ विकेटले हरायो,अन्तिम खेलअघि नै सेमिफाइनल प्रवेश

नेपालले मलेसियालाई ६ विकेटले हरायो,अन्तिम खेलअघि नै सेमिफाइनल प्रवेश

  • मंगलवार, कार्तिक १४ २०८०

  • 1.4K
    SHARES

  • नेपालले मलेसियालाई ६ विकेटले हरायो,अन्तिम खेलअघि नै सेमिफाइनल प्रवेश

    काठमाडौं।नेपालले टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगितामा मलेसियालाई ६विकेटले हराएको छ।आजको भएको छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ।

    टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभर खेल्दै चार विकेटको क्षतिमा भेट्टाएको थियो। नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे।

    मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए। ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए।नेपालको जितसँगै समूह ए बाट सेमिफाइनल पुग्ने अर्को टिम ओमान बनेको छ।

    ओमानले आज बिहान सिंगापुरविरुद्ध जित निकालेको थियो। पराजयसँगै सिंगापुर र मलेसिया भने बाहिरिएका छन्। बुधबार नेपाल र ओमानबीच समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा हुनेछ।


    मंगलवार, कार्तिक १४ २०८००४:३१:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij