Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

टी–२० विश्व कप छनोट अन्तर्गतको दोस्रो खेलमा आज नेपाल र मलेसिया आमनेसामने हुँदै

टी–२० विश्व कप छनोट अन्तर्गतको दोस्रो खेलमा आज नेपाल र मलेसिया आमनेसामने हुँदै

  • मंगलवार, कार्तिक १४ २०८०

  • 778
    SHARES

  • टी–२० विश्व कप छनोट अन्तर्गतको दोस्रो खेलमा आज नेपाल र मलेसिया आमनेसामने हुँदै

    काठमाडौं । आईसीसी टी–२० विश्व कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपाल रमलेसिया आमनेसामने हुँदै छन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो साढे १ बजे हुने छ ।

    पहिलो खेलमा नेपालले हिजो सिङ्गापुरलाई आठ विकेटले पराजित गरेको थियो । यस्तै, आज कीर्तिपुरमा बिहान नौ बजे ओमान र सिङ्गापुर खेल्नेछन् ।

    यस्तै, मूलपानी क्रिकेट मैदानमा हुने खेलमा बिहान नौ बजे बहराइन र हङकङ तथा दिउँसो साढे १ बजे कुवेत र यूएई खेल्दैछन् । नेपाल रहेको समूह ’ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ’बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् ।

    छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्व कप खेल्न पाउने छन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्ने छ ।


    मंगलवार, कार्तिक १४ २०८००७:२६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij