Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सिंगापुरमाथि नेपालको ८ विकेटको जित, कीर्तिपुर मैदानमा उपस्थित दर्शकले मनाए खुसियाली

सिंगापुरमाथि नेपालको ८ विकेटको जित, कीर्तिपुर मैदानमा उपस्थित दर्शकले मनाए खुसियाली

  • सोमवार, कार्तिक १३ २०८०

  • 793
    SHARES

  • सिंगापुरमाथि नेपालको ८ विकेटको जित, कीर्तिपुर मैदानमा उपस्थित दर्शकले मनाए खुसियाली

    काठमाडौं। टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।

    त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।नेपालको जितमा कुशल भुर्तेलले ७४ रन योगदान गरे । यसैगरी आसिफ शेखले २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे ।

    यो सुखद अवसरमा कीर्तिपुर मैदानमा उपस्थित दर्शकले खुसियाली मनाएका छन् । दशैं बिदा सकिएलगत्तै छनोट खेल सुरु भएकोले कीर्तपुर मैदानमा बिहानैदेखि दर्शकको क्रेज थियो ।


    सोमवार, कार्तिक १३ २०८००१:३५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij